काठमाडौं– नेपाली बजारमा असार १७ गते, बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी प्रतीतोला १५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ३०० सय रुपैयाँ कारोबार भएको छ। मंगलबार सुन तोलामा दुई लाख ७७ हजार ९०० सय रुपैयाँ कारोबार भएको थियो।
आज चाँदी तोलाको चार हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी तोलामा चार हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij