२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

415
Shares

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ४८ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र काठमाण्डौको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । आवेदन पेश गर्दा के–कति सेयर खरिद गर्न चाहेको हो सो को व्यहोरा खुलाउनु पर्नेछ ।

बैंकले यसअघि संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गर्दै यो सेयर बिक्रीमा राखेको थियो । तर उक्त समयभित्र कुनै आवेदन नपरेकाले आम सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकल जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij