काठमाडौं – साताको दोस्रो कारोबार दिन मंगलबार सेयरबजार दोहोरो अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६६ प्रतिशतले घटेर ४५२.७९ विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३६५ वटा स्क्रिप्टको ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब २५ करोड ८७ लाख बढीको सेयर कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीहरूमध्ये जम्मा ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २३५ कम्पनीको मूल्य घटेको छ। ५ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij