काठमाडौं– नेपाली बजारमा असार १६ गते, मंगलबार सुनचाँदी दुवैको मूल्य घटेको छ । मंगलबार सुन प्रतितोला चार हजार ५०० रुपैयाँ र चाँदी प्रतीतोला २५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ९०० सय रुपैयाँ कारोबार भएको छ। सोमबार सुन तोलामा दुई लाख ८२ हजार ४०० सय रुपैयाँ किनबेच भएको थियो।
त्यस्तै मंगलबार चाँदी तोलामा चार हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलामा चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij