काठमाडौं – गाब्रिएल मार्टेीनेलीले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि जापानलाई २-१ ले पराजित गर्दै ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मार्टिनेलीले अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा निर्णायक गोल गरे ।
पाँच पटकको च्याम्पियन ब्राजिलले पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij