काठमाडौं – साताको पहिलो कारोबार दिन सेयरबजार दोहोरो अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा सीमित बनेको छ।
आज ३५१ कम्पनीको ७६ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको हो । यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । सर्वाधिक फाइनान्स समूहको १.१३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१४ प्रतिशतले शेयर मूल्य घटेको हो । सोमबार २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज ग्लोबल आइएमई बैंक लिमिटेड, सोपान फर्मास्युटिकल्स लिमिटेड, एनआरएन र रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, सिटि होटल लिमिटेड, अपि पावर कम्पनी लिमिटेड , साहस ऊर्जा लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडको शेयर सर्वाधिक कारोबार भएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij