२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से १६.५४ अकंले घट्यो

नेप्से १६.५४ अकंले घट्यो

655
Shares

काठमाडौं-  साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.५४ अकंले घटेर २६३२.९६ बिन्दुमा कायम भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.८४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अंक घटेको छ।

आज ३५१ कम्पनीको ७६ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको हो । यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । सर्वाधिक फाइनान्स समूहको १.१३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१४ प्रतिशतले शेयर मूल्य घटेको हो ।

सोमबार २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोपान फर्मास्युटिकल्सको ८ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij