काठमाडौं -बालबालिकाको व्यक्तित्व विकास, नेतृत्व क्षमता, आत्मविश्वास तथा अन्तरनिहित प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यका साथ ब्ल्याक बर्ड इन्टरटेन्मेन्ट (Black Bird Entertainment) को आयोजनामा तथा Coswiz Herbals को टाइटल स्पोन्सरशिपमा आयोजित नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन–३ को ग्रान्ड फिनाले शुक्रबार असार १२ राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भएको छ।
यस वर्षको प्रतियोगितामा ललितपुरका २५ विद्यालयबाट ४० जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा जुनियर गर्ल्स समूहमा १६, ब्वाइज समूहमा ११ तथा सिनियर गर्ल्स समूहमा १३ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए। गायन, नृत्य, व्यक्तित्व, स्टेज प्रस्तुति, आत्मविश्वास, प्रश्नोत्तर तथा विभिन्न सिर्जनात्मक चरण पार गर्दै उनीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
ग्रान्ड फिनालेमा प्रतियोगीहरूको आकर्षक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक प्रदर्शनले राष्ट्रिय नाचघर दर्शकले भरिभराउ बनेको थियो। कार्यक्रममा सहभागी अभिभावक, शिक्षक, विद्यालयका प्रतिनिधि तथा दर्शकहरूले प्रतियोगीहरूको प्रदर्शनको खुलेर प्रशंसा गरेका थिए।
प्रतियोगिताको मूल्याङ्कन अनुभवी निर्णायक Ashwini Jha, Ruja Raut, Arwin Chand Thakuri र Wangden Lama ले गरेका थिए भने कार्यक्रमको सञ्चालन फेसन कोरियोग्राफर तथा टेलिभिजन प्रस्तोता रोजिन शाक्यले गरेका थिए।

विजेताहरू
जुनियर गर्ल्स समूहतर्फ Dolma Tamang विजेता घोषित भइन्। Aarohi Shrestha प्रथम रनरअपसँगै Most Popular Winner, Tanisha Dahal Khatri दोस्रो रनरअप, Delilah Chitrakar तेस्रो रनरअप तथा Himanshi Napit चौथो रनरअप घोषित भए। Public Choice Winner को उपाधि Briyana Lo Lama ले जितिन्।
ब्वाइज समूहतर्फ Dorje Tamang विजेता बने। Aasher Sunar प्रथम रनरअप, Ryon Maharjan दोस्रो रनरअप तथा Aaraddhya Gajurel तेस्रो रनरअप घोषित भए। Most Popular Winner Aarush Shrestha तथा Public Choice Winner Soujan Rai बने।
सिनियर गर्ल्स समूहतर्फ Sara Magar ले Title Winner सँगै Most Popular Winner को उपाधि समेत जितिन्। Salina Maharjan प्रथम रनरअप, Paridhi Saud दोस्रो रनरअप, Unika Lohani तेस्रो रनरअप तथा Promistrina Rai Public Choice Winner घोषित भइन्।
प्रतियोगिताका तीनै समूहका Title Winners ले सन् २०२७ को अप्रिलमा थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन्। आयोजकका अनुसार यो प्रतियोगिताको प्रमुख उपलब्धिमध्ये एक हो।

मुख्य उपाधिसँगै Best Walk, Best Dance, Most Talent, Best Personality, Most Confidence, Best Art Work, Best Cooking, Best Singing, Most Photogenic तथा Management Choice लगायत विभिन्न विशेष विधाका पुरस्कार प्रदान गर्दै प्रतियोगीहरूको विविध प्रतिभालाई सम्मान गरिएको थियो।
कार्यक्रम सफल बनाउन Sabina Shrestha (Event Director), Sandeep Bhujel (Official Dance Choreographer), Sumi Baniya (Official Choreographer), Ashmita Shrestha (Official Dress Designer), Om Prasai (Official Videographer), Kiran Syangwa (Official Photographer), Dikshya Lama (Official Makeup Artist) तथा Zamuna Sahi (Event Coordinator) लगायतको टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको आयोजकले जनाएको छ।
आयोजक ब्ल्याक बर्ड इन्टरटेन्मेन्ट ले आगामी दिनमा पनि बालबालिकाको प्रतिभा, व्यक्तित्व र आत्मविश्वास विकासलाई केन्द्रमा राखी अझ व्यवस्थित र राष्ट्रियस्तरका कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने Coswiz Herbals, सहभागी विद्यालय, अभिभावक, निर्णायक मण्डल, अतिथिहरू, सञ्चारकर्मी, आधिकारिक टोली तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij