२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिफा विश्वकप २०२६ : अल्जेरिया र अस्ट्रियाबीचको खेल बराबरीमा टुंगियो

फिफा विश्वकप २०२६ : अल्जेरिया र अस्ट्रियाबीचको खेल बराबरीमा टुंगियो

570
Shares

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरिया र अस्ट्रियाबीचको रोमाञ्चक बनेर बराबरीमा टुंगिएको छ । दुवै टोलीले अन्तिम समयमा ३–३ गोलको बराबरीमा खेल टुंग्याएका हुन् । यो नतिजा आउन दुवै टोलीले इन्जुरी समयमा १–१ गोल थप्दा खेल निकै रोमाञ्चक बनेको हो ।

खेलमा अस्ट्रियाले २८ औं मिनेटमा अग्रता हासिल गरेको थियो । अस्ट्रियाका मार्को अर्नाटोभिचले गोल गर्दै अग्रता दिलाएका थिए ।४५ औं मिनेटमा अल्जेरियाका रफिक बेलघालीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५५ औं मिनेटमा अस्ट्रियाका मार्सल सबिट्जरले गोल हानेर टिमलाई २–१को अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट नबित्दै अल्जेरियाका रिहाद महरेजले बराबरी गोल फर्काउँदै बराबरीमा ल्याएका थिए ।

त्यसपछि निर्धारित ९० मिनेटसम्म थप गोल भएन । इन्जुरी समयको तेस्रो मिनेटमा महरेजले अर्को गोल गर्दै अल्जेरिया जित नजिक पुग्यो । तर, लगत्तै इन्जुरी समयकै छैटौं मिनेटमा अस्ट्रियाका सासा कालाज्डेजिकले गोल फर्काएर खेल ३–३ को बराबरीमा टुंग्याए ।

यो नतिजासँगै समूह ‘जे’बाट दुवै टोली नकआउट चरणमा प्रवेश पाए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij