२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

  फिफा विश्वकप २०२६ : पानामालाई हराउँदै इंग्ल्यान्ड समूह विजेता

  फिफा विश्वकप २०२६ : पानामालाई हराउँदै इंग्ल्यान्ड समूह विजेता

610
Shares

काठमाडौं –  फिफा विश्वकप २०२६ अन्तर्गत को खेलमा पानामालाई पराजित गर्दै इंग्ल्याण्ड समूह ‘एल’ को विजेता बनेको छ । इंग्ल्याण्डले पानामालाई २-0 ले पराजित गरेको हो । इंग्ल्याण्डका लागि कप्तान ह्यारी केन र जुड बेलिंघमले समान एक गोल गरे । जुड बेलिंघमले ६१ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने केनले ६७ औँ मिनेटमा गोल गरे ।

यसअघिका खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ४-२ ले पराजित गरेको थियो भने घानासँग गोलरहित बराबरी खेलेको थियो । तालिकामा इंग्ल्याण्डले सात अंक जोडेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij