काठमाडौं – बेल्जियम फिफा विश्वकप-२०२६ को नक आउट चरणमा प्रवेश गरेको छ। शनिबार बिहान न्युजिल्याण्ड विरूद्ध सानदार जित निकाल्दै बेल्जियम समूह विजेता बनेर नक आउट चरणमा प्रवेश गरेको हो।
क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेसमा बेल्जियमले न्युजिल्याण्डमाथि ५-१ गोलको जित निकाल्यो। खेलको २८ औं मिनेटमा लिएनद्रो ट्रोसार्डले गोल गरी टोलीलाई सुरूवाती अग्रता दिलाएका थिए। ५० मिनेटमा उनैले बेल्जियमको अग्रता दोब्बर पारे।
६६ मिनेटमा केभिन डि ब्रुएनले गोल गर्दै बेल्जियमलाई ३-० को अग्रता दिलाएका थिए। न्युजिल्याण्डका इलिजाह जस्टले ८४ मिनेटमा गोल फर्काएका थिए।८६ मिनेटमा रोमेलु लुकाकुले गोल थपे। निर्धारित समयपछि थप गरिएको चौथो मिनेट (९०+४)मा एलेक्सिस सेलमेइकर्सले गोल गरेपछि बेल्जियमले ६-१ को जित निकालेको हो।
जितसँगै समूह जीमा ५ अंक जोड्दै बेल्जियम समूह विजेता बनेर नक आउट प्रवेश गरेको हो। पराजित भएको न्युजिल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij