२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिफा विश्वकप २०२६ : केप भर्डेले रच्यो इतिहास, अपराजित रहँदै विश्वकपको ‘नकआउट’ चरणमा

फिफा विश्वकप २०२६ : केप भर्डेले रच्यो इतिहास, अपराजित रहँदै विश्वकपको ‘नकआउट’ चरणमा

495
Shares

काठमाडौं – विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै आफ्नो ऐतिहासिक यात्रा जारी राखेको छ । शुक्रबार ह्युस्टनमा भएको खेलमा ०–० को बराबरीसँगै स्पेनले उरुग्वेमाथि १–० को जित निकाल्दा समूह ‘एच’बाट केप भर्ड उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।

विश्वकपअघि फिफा वरीयताको ६७औँ स्थानमा रहेको करिब पाँच लाख जनसंख्या भएको अफ्रिकी द्वीपीय राष्ट्र केप भर्डले समूह चरणका तीनवटै खेलमा अपराजित रहँदै अन्तिम ३२ मा स्थान बनाएको हो। अब उसले जुलाई ३ मा मियामीमा साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘एच’मा स्पेन सात अंकसहित समूह विजेता बन्यो भने केप भर्डले तीन अंक जोड्दै दोस्रो स्थान सुरक्षित गर्‍यो । उरुग्वे र साउदी अरेबिया समान दुई–दुई अंकमै सीमित हुँदै प्रतियोगिताबाट बाहिरिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij