२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनता एग्रो एण्ड फरेष्ट्रीले आईपीओ जारी गर्ने

जनता एग्रो एण्ड फरेष्ट्रीले आईपीओ जारी गर्ने

560
Shares

काठमाडौं – जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव आफ्नो प्रथम वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने तायरी गरेको छ ।

असार ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही असार २६ गते बिहान ११ बजेदेखि अनलाइन माध्यमबाट सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने र आईपीओमा जानका लागि पूँजी पुनः निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभाबाट कम्पनीको नियमावलीको नियम २७ को उपनियम ३ संशोधन गर्ने र कम्पनीमा विभिन्न संस्थागत लगानीकर्ताबाट प्रस्तावित लगानी सम्बन्धमा छलफल तथा आवश्यक निर्णय गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij