काठमाडौँ – भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण राजधानी काराकासका भवनहरूमा क्षति पुगेको छ । सीएनएनका अनुसार ठूलो मानवीय क्षति भएको हुन सक्ने आशंका गरिएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार बुधबार राति १०:०४ जीएमटीमा काराकासबाट करिब २८४ किलोमिटर पश्चिममा पर्ने सान फेलिपनजिक ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही समयपछि राजधानीबाट करिब २९३ किलोमिटर पश्चिममा रहेको युमारेनजिक ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो ।
यूएसजीएसले प्रारम्भिक मूल्यांकनका आधारमा यी भूकम्पका कारण ठूलो मानवीय क्षति र व्यापक भौतिक विनाश हुन सक्ने सम्भावना उच्च रहेको जनाएको छ ।
भूकम्पका कारण राजधानी कराकसलगायत विभिन्न क्षेत्रमा भवन तथा पूर्वाधारमा व्यापक क्षति पुगेको छ। तटीय सहर क्याटिया ला मारमा समेत केही भवन भत्किएको भिडियोहरू सार्वजनिक भएका छन्। भूकम्पपछि मानिसहरू परिवारका सदस्य र घरपालुवा जनावरसहित भवनबाट बाहिर निस्किएर सडकमा जम्मा भएका थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij