२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिफा विश्वकप २०२६ : स्कटल्यान्डलाई हराएर ब्राजिल बन्यो समूह विजेता

फिफा विश्वकप २०२६ : स्कटल्यान्डलाई हराएर ब्राजिल बन्यो समूह विजेता

380
Shares

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह सी को  खेलमा  स्कटल्याण्डलाई पराजित गर्दै ब्राजिल समूह ‘सी’ को शीर्षस्थानमा पुगेको छ । समूह चरणको तेस्रो खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-0 ले हराएको हो । उक्त जितसँगै तालिकामा ब्राजिलले सात अंक जोड्यो।

ब्राजिलका लागि भिन्सियस जुनियरले दुई गोल गरे । उनले खेलको छैटौंँ र २१ औँ मिनेटमा गोल गरे । खेलको ६० औँ मिनेटमा म्याथुज क्युनाले गोल गर्दा नतिजा ३-० मा पुगेको हो ।

तीन खेल खेल्दा ब्राजिलले १ मा बराबरी र दुईमा जित निकालेको हो । ब्राजिल पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा हाइटीलाई ३-0 ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij