काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । आज सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले घटेको छ । त्यसैगरी चाँदीको मूल्य १०५ रुपैयाँले घटेको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनसँगै चाँदीको मुल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य १०५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij