२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिफा विश्वकप २०२६ : जोर्डनविरूद्ध अल्जेरियाको जित

फिफा विश्वकप २०२६ : जोर्डनविरूद्ध अल्जेरियाको जित

630
Shares

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरियाले पहिलो जित दर्ता गराएको छ । समूह ‘जे’ को दोस्रो चरणको खेलमा अल्जेरियाले जोर्डनलाई २-१ ले हराएको हो ।अल्जेरियाका लागि नदिर बेनबौली र अमिन ग्युरीले समान १ गोल गरे ।

खेलको पहिलो हाफको ३५ औँ मिनेटमा जोर्डनका निजार अल रेसदनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ६८ औँ मिनेटमा अल्जेरियाका बेनबौलीले खेललाई बराबरीमा ल्याए ।

यस्तै, ८२ औँ मिनेटमा अमिनले गोल थप्दै खेललाई २-१ को अवस्थामा पुर्‍याएका थिए । पहिलो जितसँगै अल्जेरियाले तालिकामा तीन अंक जोडेको छ ।

यसअघि अल्जेरिया अर्जेन्टिनासँग ३-०ले पराजित भएको थियो । जोर्डन यसअघि अष्ट्रियासँग ३-१ ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij