काठमाडौं – सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड मिति तय भएको छ।
कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरको कुल ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।
जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा ८५ हजार कित्ता बाँडफाँड गरिसकेको छ। बाँकी शेयरमध्ये ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र १७ हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी ६ लाख ८८ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरेको थियो।
कम्पनीका अनुसार पर्सि असार ११ गते बिहीबार बिहान सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरिने भएको छ। बाँडफाँडमा भाग्यशाली ६८ हजार ८५० जनाले मात्रै १० कित्ताका दरले शेयर हात पार्नेछन् भने बाँकी सबै आवेदकको हात रित्तिनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij