२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

755
Shares

काठमाडौं – मंगलबार सेयरबजार दोहोरो अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९६ प्रतिशत अर्थात २६.१६ अंकले घटेर २ हजार ६७४.४८ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५० प्रतिशतले घटेर ४६१.४८ विन्दुमा झरेको छ।

आज आँखुखोला जलविद्युत कम्पनी, सोपान फर्मास्युटिकल्स, रिलायन्स स्पिनिङ्ग मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, बुंगल हाइड्रो, शिवम् सिमेन्ट, ७५ एनआईसी एशिया डिबेन्चर २०९१, नेशनल हाइड्रोपावर कम्पनी, साहस ऊर्जा लिमिटेड र रिडी पावर कम्पनी लिमिटेडको शेयर सर्वाधिक कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटामा हरियाली छायो भने अन्य सबैमा रातो पोतियो । आज म्युचुअल समूह मात्रै बढ्यो । यो समूह आज ०.४५ प्रतिशतले बढ्यो ।

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात १.९२ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.२९ प्रतिशत, विकास बैंक ०.४३, फाइनान्स १.२८, होटल १.११, हाईड्रो १.६३, लगानी १.०३, जीवन बीमा ०.८५, निर्जीवन बीमा १.०१, अन्य समूह ०.६७ प्रतिशत र व्यापार १.५७ प्रतिशतले घट्यो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij