२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

735
Shares

काठमाडौं- एक्सेल डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैंकको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो।

बैठकले उक्त आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई नगद वा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको बैंकले जनाएको छ।

त्यस्तै, सो अवधिको लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णयसमेत सञ्चालक समितिले गरेको छ।

बैंकहरूले आर्थिक अवस्था, नियामकीय व्यवस्था तथा वितरणयोग्य मुनाफाको अवस्थाका आधारमा लाभांश घोषणा गर्ने गरेका छन्। एक्सेल डेभलपमेन्ट बैंकको पछिल्लो निर्णयसँगै यस वर्ष लगानीकर्ताले बैंकबाट लाभांश पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij