२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एकैदिन ट्राफिक कारबाहीमा २२ लाख ९६ हजार राजस्व संकलन

एकैदिन ट्राफिक कारबाहीमा २२ लाख ९६ हजार राजस्व संकलन

665
Shares

काठमाडौँ – बितेका २४ घण्टामा दुई हजार ६४१ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ७९, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १४७, संकेत बत्ती उल्लंघनकर्ता १५४ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १२२ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ११९, निषेधित क्षेत्रमा हर्न बजाउने ११३, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ११९, एकतर्फी बाटोमा सवारी चलाउने १०० र अन्य सवारी नियम पालना नगरेका एक हजार ६८८ जनालाई कारबाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij