काठमाडौं – साताको पहिलो कारोबार दिन सेयरबजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०५ प्रतिशत अर्थात १.४६ अंकले घटेर २७००.६५ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०३ प्रतिशतले घटेर ४६३.८० विन्दुमा झरेको छ।
आज याम्बालिङ हाइड्रोपावर र टक्सार विखुवा खोलाको शेयरमा सर्किट लागेको हो । साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको ७.३३ प्रतिशत, सोपानको ५.६६ प्रतिशत र अपोलो हाइड्रोपावरको ५.२६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij