२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से १.४६ अकंले घट्यो, ४ अर्ब ४४ करोडको कारोबार

नेप्से १.४६ अकंले घट्यो, ४ अर्ब ४४ करोडको कारोबार

680
Shares

काठमाडौं –  साताको पहिलो कारोबार दिन नेप्से सामान्य अंक नकारात्मक भएर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४६ अकंले घटेर २७००.६५ बिन्दुमा कायम भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ०.१७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१० अंक बढेको छ। यस दिन फ्लोट इण्डेक्स भने स्थिर रहेको छ।  आज ३५३ कम्पनीको ८१ लाख १२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ८६ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १० उपसूचक राताम्य हुँदा ३ उपसूचकमा भने सुधार देखिएको छ । आज फाइनान्स कम्पनीको शेयर मूल्य १.०१ प्रतिशतले बढेको हो । साथै, व्यापार र माइक्रोफाइनान्स समूहको शेयर मूल्य समेत बढेको छ ।

यता, ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको घटेको छ । १४ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३० करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनबिबिएल डिबेञ्चरको २८ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij