२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट

धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट

575
Shares

कैलाली – धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु. दुई अर्ब ६४ करोड ६४ लाख बजेट ल्याएको छ । आज आयोजित नगर सभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकला कुमारी रानाले बजेट सार्वजनिक गरेकी हुन् ।

उनका अनुसार आगामी आवका लागि चालुतर्फ रु. एक अर्ब ४३ करोड ६३ लाख र पुँजीगततर्फ रु. एक अर्ब २३ करोड ७६ लाख विनियोजन गरेको छ । बजेटका स्रोतका रूपमा आन्तरिक आयबाट रु. ५५ करोड १० लाख, राजस्व बाँडफाँटबाट रु. ६० करोड ४५ लाख ३६ हजार, नेपाल सरकारबाट वित्तीय हस्तान्तरणतर्फ रु. एक अर्ब छ करोड ७९ लाख प्राप्त हुने जनाएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारबाट रु. १४ करोड २२ लाख तथा चालु आर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख २१ हजार प्राप्त हुने अनुमान गरिएको छ । चालु आवको रु. दुई अर्ब ५६ करोड चार लाख बजेटमध्ये जेठ मसान्तसम्म रु एक अर्ब ७७ करोड ४९ लाख ५१ हजार प्राप्त भएकामा रु. एक अर्ब १९ करोड ९४ लाख खर्च भएको उपप्रमुख रानाले जानकारी दिइन् ।

उपमहानगरले आगामी आवको बजेटमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा लोककल्याणकारी कार्यलाई प्राथमिकता दिएको छ । उपमहानगरले आगामी वर्ष नगर गौरवका आयोजना सञ्चालन तथा वडा स्वास्थ्य क्लिनिकलाई थप सुदृढीकरण गर्ने जनाइएको छ ।

विकास आयोजनाको प्रभावकारी सञ्चालनका लागि आयोजना बैंक स्थापना गर्ने र त्यसमा समावेश आयोजना क्रमशः कार्यान्वयन गर्दै लगिने र सीप सिकाएर युवालाई स्वरोजगार बाउन सीप तथा रोजगार मेला सञ्चालनलाई उपमहानगरले आगामी वर्ष निरन्तरता दिने भएको छ  ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij