काठमाडौं – फिफा विश्वकप २०२६ मा बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरी खेलेका छन्। लस एन्जलस स्टेडियममा सम्पन्न खेलमा बेल्जियम इरानसँग गोलरहित बराबरीमा रोकिएको हो। खेलको ६६औं मिनेटमा नेथन एङ्गोएले रातो कार्ड खाँदै बाहिरिएपछि बेल्जियम १० खेलाडीमा सीमित भएको थियो। १० खेलाडीमा सीमित बेल्जियमविरुद्ध पनि इरानले गोल गर्न सकेन।
पहिलो खेलमा बराबरीमा रोकिएका दुवै टोली दोस्रो खेलमा पनि बराबरीमै रोकिएका छन्। पहिलो खेलमा बेल्जियम इजिप्टसँग र इरान न्यूजिल्यान्डसँग बराबरी खेल्दै अंक बाँडेका थिए।
दोस्रो खेलमा पनि बेल्जियम र इरानले एक-एक अंक बाँडेका हुन्। समूह ‘जी’ मा २ खेलबाट बेल्जियम र इरानले समान २ अंक जोडेका छन्। एक-एक खेल खेलका न्यूजिल्यान्ड र इजिप्टको पनि समान एक अंक छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij