२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिफा विश्वकप २०२६ : साउदीलाई ४-० ले हराउँदै स्पेन शीर्षमा

फिफा विश्वकप २०२६ : साउदीलाई ४-० ले हराउँदै स्पेन शीर्षमा

620
Shares

काठमाडौं –  फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनले उत्कृष्ट पुनरागमन गरेको छ । समूह ‘एच’ को खेलमा स्पेनले साउदी अरेबियामाथि ४-० को फराकिलो जित निकालेको छ। एटलान्टा स्टेडियममा सम्पन्न खेलमा स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणको सम्भावना बलियो बनाएको छ।

खेलको १०औँ मिनेटमा लामिन यामालले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। यो गोलसँगै उनी विश्वकपको इतिहासमा गोल गर्ने आठौँ कान्छो (१८ वर्ष ३४३ दिन) खेलाडी बनेका छन्। त्यसपछि २१औँ र २४औँ मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनको अग्रता ३-० मा पुर्‍याए। ४९औँ मिनेटमा साउदीका हसन अल्ताम्बक्तिबाट आत्मघाती गोल भएपछि स्पेन ४-० ले विजयी भयो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij