२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन

650
Shares

काठमाडौँ – बितेका २४ घण्टामा एक हजार ७८२ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा  चार लाख ९४ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८३, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका ७५, संकेत बत्ती उल्लंघनकर्ता ८२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११० जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६५, निषेधित क्षेत्रमा हर्न बजाउने ७१, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी बाटोमा सवारी चलाउने ६८ र अन्य सवारी नियम पालना नगरेका एक हजार १४१ जनालाई कारबाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij