काठमाडौं – फिफा विश्वकप २०२६ समूह चरणको दोस्रो खेलमा आइभरीकोस्टलाई पराजित गर्दै जर्मनी विजयी भएको छ । क्यानडामा भएको खेलमा आइभरीकोस्टलाई जर्मनीले २-१ ले पराजित गरेको हो । पहिलो हाफमा जर्मनीविरुद्ध आइभरीकोस्टले अग्रता लिएको थियो ।
फ्र्यांक केइसीको २९ औँ मिनेटको गोलपछि आइभरीकोस्टले अग्रता लिएको हो । दोस्रो हाफमा जर्मनीका डेनिज उन्दाभले दुई गोल गरे । उनले ६७ औँ र खेलको इन्जुरी टाइममा गोल गरेका थिए ।
जर्मनीले यसअघि समूह चरणको पहिलो खेलमा क्युरासाओलाई ७-१ ले पराजित गरेको थियो । जितसँगै ६ अंक जोड्दै जर्मनी तालिकाको शीर्षस्थानमा पुगेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij