काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६३ अकंले बढेर २७०२.११ बिन्दुमा कायम भएको छ । आज ३५३ कम्पनीको १ करोड ९ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५३ करोड ४८ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ७ उपसूचकमा सुधार आएको छ भने ६ उपसूचक ओरालो लागेको छ । आज ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४० कम्पनीको घटेको छ । १७ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै ग्लोबल आइएमई डिबेञ्चर २०८६ /८७ को ३३ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई डिबेञ्चर २०८४/ ८५ को ३२ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोपान फर्मास्युटिकल्सको २० करोड १३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij