२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ सूचीकृत

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ सूचीकृत

600
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा र टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। यो कम्पनी शेयर सोमबार आउने भएको हो।

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ४२ लाख ३० हजार ६६८ कित्ता (३५.२६ प्रतिशत) र संस्थापकको ७७ लाख ६९ हजार ३३२ कित्ता (६४.७४ प्रतिशत) रहेको छ।

पहिलो कारोबारका लागि नेप्सेले टक्सार पिखुवा खोला हाइड्रोपावरलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको छ। कारोबार संकेत भने यो कम्पनीले ‘टीपीकेएचएल’ पाएको छ।

आउँदो सोमबार स्पेसल प्रिसेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ। टक्सार पिखुवा खोला हाइड्रोपावरले गत वैशाख २३ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने जेठ ६ गते गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij