काठमाडौँ- सहआयोजक मेक्सिको फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । मेक्सिकोको ग्वाडलाजारा स्टेडियममा शुक्रबार बिहान भएको खेलमा दक्षिण कोरियालाई १–० ले हराउँदै मेक्सिको एक खेलअगावै नकआउट चरणमा प्रवेश गरेको हो ।
मेक्सिकोको जितमा लुइस रोमोले निर्णायक गोल गरे । खेल भर बल पोजिसनमा मेक्सिकोभन्दा बढी भएपनि दक्षिण कोरियाले गोल गर्न सकेन । समूह ‘ए’ बाट ६ अंक जोड्दै मेक्सिको नकआउट चरणमा पुग्दा ३ अंक जोडेको दक्षिण कोरियाको सम्भावना कायमै छ । पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij