२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ५.०६ अकंले घट्यो

नेप्से ५.०६ अकंले घट्यो

640
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०६ अकंले घटेर २७०० बिन्दुमा कायम भएको छ । सेन्सेटिभ इण्डेक्स ०.७७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक घटेको छ। आज ३४७ कम्पनीको ७४ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँको कारोबार भएको हो ।

८ उपसूचक घटेको छ भने ५ उपसूचकमा सुधार देखिएको छ । बिहिबार ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको घटेको छ । १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ९८ लाख रुपैयााको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको २३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij