काठमाडौं– नेपाली बजारमा असार ४ गते, बिहीबार सुनचाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला १०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij