काठमाडौं – काठमाडौं विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
थुनछेक बहस सकिएपछि अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले बुधबार उक्त आदेश दिएको हो
प्रहरीले भट्टलाई चैत १९ मा र अग्रवाललाई चैत २२ मा पक्राउ गरिएको थियो ।
विशेष अदालतले थुनामा पठाउने आदेश दिनुको अर्थ थुनामा बसेर पुर्पक्ष गर्नु भनेको हो । अहिले नै अभियोग भने प्रमाणित भइसकेको छैन ।
यी दुईजना समेत अभियुक्त बनाइएर विशेष अदालतमा गत बिहीबार नेपाल सरकारको तर्फबाट सम्पत्ती शुद्धिकरण सम्बन्धि मुद्दा दायर गरिएको थियो। सम्पत्ती शुद्धिकरण विभागले गरेको जाहेरीमा भट्ट विरूद्ध २६ अर्ब ६३ करोड २७ लाख र अग्रवालविरूद्ध २५ अर्ब ५५ करोड २० लाख रूपैयाँ बिगो दाबी गरेको छ।
विशेष अदालतमा जेठ २८ गते अन्य ३७ जनासहितका विरूद्ध दायर भएको सम्पत्ती शुद्धिकरण सम्बन्धी मुद्दामा हिमालयन रिइन्स्योरेन्सको रकम दुरूपयोग गरेको र श्रोत नखुलेको सम्पत्ति आर्जन गरेको लगायतको अभियोग छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij