काठमाडौं – सरकारले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका तर लामो समयदेखि विवरण अद्यावधिक नगरेका र जरिवाना तिर्न बाँकी रहेका कम्पनीहरूको जरिवाना र शुल्क मिनाहा गर्ने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुने बताएको हो।
विवरण र शुल्क आगामी २०८३ साल असोज मसान्तभित्र बुझाइसक्नुपर्ने छ । यदि कुनै कम्पनीले आगामी असोज मसान्तभित्र आव २०८२।८३ सम्मको विवरण र शुल्क बुझाएमा, सोभन्दा अघिका वर्षहरूको लाग्न बाँकी सम्पूर्ण कर, शुल्क, दस्तुर तथा जरिवाना पूर्ण रूपमा मिनाहा (माफ) हुने कार्यालयले जनाएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij