२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक ०.८ अंकले बढ्यो

नेप्से परिसूचक ०.८ अंकले बढ्यो

585
Shares

काठमाडौं – बुधबार नेप्सेमा झिनो अंकको सुधार आएको छ। यस दिन नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ को विन्दुमा कायम भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.२० अंक घटेकोे छ भने फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक बढेको छ। आज ३५२ कम्पनीहरूको ८३ लाख ७५ हजार ४७१ कित्ता शेयर ४४ हजार ५४२ पटक किनबेच हुँदा ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

नेप्से झिनो अंकले बढेको भए तापनि आज ८ वटा उपसूचक राताम्मे भएको छ भने ५ वटा उपसूचक मात्रै बढेको छ। आज १२६ कम्पनीको शेयरमूल्य बढ्दा १३१ कम्पनीको शेयरमूल्य घटेको छ भने १४ वटा कम्पनीको स्थिर रहेको छ।

आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १८ करोड ३२ लाख रुपैयााको शेयर कारोबार भएको छ । बुङगल हाइड्रोको १७ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij