२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकद्वारा २ अर्बको अग्राधिकार शेयर निष्काशन प्रस्ताव पारित, चार सञ्चालक निर्वाचित

सिटिजन्स बैंकद्वारा २ अर्बको अग्राधिकार शेयर निष्काशन प्रस्ताव पारित, चार सञ्चालक निर्वाचित

535
Shares

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष श्री प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा आज मिति २०८३ साल आषाढ महिना ०३ गते, बुधबार, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य कार्यालय, नारायणहिटी पथ, काठमाण्डौमा सम्पन्न भएको छ ।

८ औं विशेष साधारण सभाबाट बैंकको नियमावली अनुसार समुह क संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै शेयरधनी श्री अनिल कुमार ज्ञवाली गरी १ जना र समुह ख सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै शेयरधनीहरु श्री प्रकाश चन्द्र मैनाली, डा. राजेन्द्र पण्डित, श्री हिमादेवी खड्का के.सी. ३ जना गरी जम्मा ४ जना सञ्चालकहरु निर्वाचित हुनुभएको छ । यसैगरी, प्राथमिक पुँजीकोष अनुपात बढाउन, बैंकको व्यवसाय विस्तार गर्न र जोखिम बहन गर्न सक्ने क्षमता अभिबृद्धि गर्न रु. २ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राजिकार शेयर जारी समेत गर्ने निर्णय विशेष साधारण सभाले पारित गरेको छ ।

८ औं विशेष साधारण सभाबाट निर्वाचित सञ्चालक समितिका सदस्यहरु आ–आफ्नो क्षेत्रमा सफल एवं विज्ञ व्यक्तिहरु रहनु भएको छ । श्री प्रकाशचन्द्र मैनाली देशकै ख्यातिप्राप्त एक संयुक्त लगानीको बाणिज्य बैंकमा करिव ९ वर्ष भन्दा बढी कार्यानुभवका साथै सेवामुलक उद्योग लगायत कुखुरा एवं पंछीजन्य उद्योगमा लामो समयदेखि आवद्द हुुनुहुन्छ । बैंकका अर्का सञ्चालक श्री अनिल कुमार ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएका श्री ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ । अर्का सञ्चालक समितिका सदस्य डा. राजेन्द्र पण्डित, २० वर्षभन्दा बढी केन्द्रीय बैंकमा विभिन्न तहमा रहेर काम गरिसक्नुु भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ३२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij