काठमाडौं – नेपाल स्टक एक्स्चेन्जको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नियुक्त भएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।
यसअघिका अध्यक्षले वैशाख १५ मा राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा लम्साललाई ल्याइएको हो। लम्साल हाल नेपाल रिइन्स्योरेन्सको पनि अध्यक्ष हुन् । त्यस्तै उनी नेपाल बैंकको सञ्चालक समितिमा पनि सरकारको तर्फबाट प्रतिनिधित्व गर्दछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij