काठमाडौं-विश्वकपको खेलमा इराकविरूद्ध नर्वेले फराकिलो जित दर्ता गरेको छ । समूह ‘आइ’को खेलमा नर्वे ४-१ ले विजयी भएको हो । नर्वेका लागि अर्लिङ हलाण्डले सर्वाधिक दुई गोल गरे । उनले विश्वकपको डेब्यू खेलमा दुई गोल गरेका हुन् । उनले २९ औँ र ४३ औँ मिनेटमा गोल गरेका थिए।
खेलको पहिलो हाफको ३९ औँ मिनेटमा इराकका अयाम हुसैनले गोल फर्काएका थिए । पहिलो हाफमा खेल २-१ को स्थितिमा थियो।
दोस्रो हाफको ७१ औँ मिनेटमा नर्वेका मार्टिन आर्डेगर्डले गोल गरेसँगै नर्वेको नतिजा ३-१ बन्यो । इन्जुरी टाइममा इराकका अमेन हुसैनले आत्मघाती गोलगरेपछि जित ४-१ को स्थितिमा पुगेको हो । जितसँगै नर्वेले तालिकामा ३ अंक जोडेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij