काठमाडौं– साता कारोबारको दोस्रो दिन मंगलबार नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ को विन्दुमा कायम हुँदा ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक ०.३१ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.६२ प्रतिशतले घटेको छ।
जसमध्ये आँखुखोला जलविद्युत कम्पनी, सिद्धार्थ बैंक लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स, एसवाई प्यानल नेपाल, दोल्ती पावर कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी, सिटि होटल, शिवम् सिमेन्ट्स लिमिटेड, रावा इनर्जी डेभलपमेन्ट र बुंगल हाइड्रो लिमिटेडको शेयर सर्वाधिक कारोबार भएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij