काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३१ अकंले घटेर २७०५.४५ बिन्दुमा कायम भएको छ । आज ३५५ कम्पनीको १ करोड ७ लाख ८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ७८ लाख रुपैयाँको कारोबार भएको हो ।
११ उपसूचक राताम्य भएका छन् भने २ उपसूचकमा मात्रै सामान्य सुधार देखिएको छ । आज ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको घटेको छ । १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij