काठमाडौं– नेपाली बजारमा असार २ गते, मंगलबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदी घटेको छ। आज सुन प्रतितोला ३०० रुपैयाँ बढेको छ । चाँदीको मूल्य भने यस दिन तोलामा २५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला चार हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला पाँच हजार १५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij