२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंकका ग्राहक तथा कर्मचारीलाई भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा छुट

नेपाल बैंकका ग्राहक तथा कर्मचारीलाई भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा छुट

665
Shares

काठमाडौं – नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरूलाई भारतको नयाँ दिल्ली, सरिता विहार (मथुरा रोड) स्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरूलाई इन्द्रप्रस्थ अपोलो अस्पतालको विविध सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ।

सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र इन्द्रप्रस्थ अपोलो अस्पतालको तर्फबाट उप प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरे।

यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरूले इन्द्रप्रस्थ अपोलो अस्पतालले प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन्।

यस समझदारीले बैंकका सेवाग्राहीलाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवामा थप सुविधा गराउने अपेक्षा गरिएको छ। नेपालालभर २३१ शाखा, २४६ एटिएम साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुऱ्याइरहेको छ।

यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा पुऱ्याई प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij