२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

620
Shares

काठमाडौं– साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.२६ अकंले घटेर २७११.७६ बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको १ करोड ७ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड २० लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचक राताम्य भएको छ । आज फाइनान्स समूहको १.२६ प्रतिशत, विकास बैंक समूहको ०.५४ प्रतिशतले शेयर मूल्य घटेको छ । सोमबार ७३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनबीबीएल डिबेञ्चरको २७ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको २२ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij