२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिफा विश्वकप २०२६ : जापानको उत्कृष्ट पुनरागमनमा नेदरल्याण्ड्ससँग अंक बाँडियो

फिफा विश्वकप २०२६ : जापानको उत्कृष्ट पुनरागमनमा नेदरल्याण्ड्ससँग अंक बाँडियो

635
Shares

काठमाडौं – विश्वकपमा जापान र नेदरल्याण्ड्सले अंक बराबरी गरेका छन् । अमेरिकामा भएको खेल २-२ को बराबरीमा टुंगिएपछि जापान र नेदरल्याण्ड्सले अंक साझा गरेका हुन् । खेलको पहिलो हाफ गोलरहित थियो । दोस्रो हाफमा नेदरल्याण्ड्सका कप्तान भर्जिल भान्जिकले ५० औँ मिनेटमा गोल गरेपछि खेल १-० को स्थितिमा पुग्यो ।

५७ औँ मिनेटमा केइतो नाकामुराले गोल गर्दै खेल बराबरीमा ल्याए । ६९ औँ मिनेटमा नेदरल्याण्ड्सका क्रिसेन्सियो समरभिलले गोल थप्दै डच टोली अग्रता बनाए ।

त्यसपछि आक्रामक खेलेको जापानले ८७ औँ मिनेट अघिसम्म गोल गर्न सकेको थिएन । ८७ औँ मिनेटमा कोकी ओगावाले गोल गरेसँगै खेल २-२ को बराबरीमा पुुग्यो । थप समयमा कुनै पनि टोलीले गोल थप्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij