२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इप्पानको विधान संशोधन, अध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुन राजनीतिक दलमा आबद्ध हुन नहुने

इप्पानको विधान संशोधन, अध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुन राजनीतिक दलमा आबद्ध हुन नहुने

715
Shares

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को विधान संशोधन गरी सबै पदमा सबै उमेदवार हुन पाउने व्यवस्था गरिएको छ । इप्पानको वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान, २०७८ लाई संशोधन गरी सबै पदमा चुनावको व्यवस्था गरिएको हो ।

यस्तै, अध्यक्षका हकमा एक कार्यकालमा कार्यसमितिमा रहिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ । विधानमा संशोधन गरी पाँच उपाध्यक्षको संख्या सात बनाएको छ ।

पाँच सचिवलाई सात र स्थायी आमन्त्रित सदस्यका रूपमा पाँचजनालाई मनोयन गर्ने व्यवस्था गरिएको छ । यो विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ ।

इप्पानका निर्वतमान अध्यक्ष गणेश कार्कीले संस्थालाई बढीभन्दा बढी समावेशी र लोकतान्त्रिक अभ्यास गर्ने थलोका रूपमा विकास गर्ने गरी विधान संशोधन गरिएको जानकारी दिए ।

इप्पानको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुन कुनै राजनीतिक दलमा आबद्ध हुन नहुने र कुनै समय भएमा त्यागेको प्रमाण पेस गर्नुपर्ने पनि संशोधित विधानमा उल्लेख छ ।

इप्पानको २४औँ वार्षिक साधारणसभा एवं आठौँ अधिवेशनबाट मोहन डाँगीको नेतृत्वमा २५ नयाँ कार्यसमिति चयन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij