२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दक्षिण कोरियाको विजयी सुरुवात

दक्षिण कोरियाको विजयी सुरुवात

575
Shares

काठमाडौं – फिफा विश्वकप–२०२६ को दोस्रो खेलमा दक्षिण कोरियाले विजयी सुरुवात गरेको छ। दक्षिण कोरिया चेक रिपब्लिकविरुद्ध २–१ अन्तरले विजयी भएको हो। मेक्सिकोको ग्वाडालजारा रंगशालामा नेपाली समयअनुसार आज बिहान भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो।

दोस्रो हाफको ५९ औँ मिनेटमाा लाडिस्लाभ क्रेज्कीले चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए। तर, दक्षिण कोरियाका इन–बेओम ह्वाङले ६७ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि, खेलको ८० औँ मिनेटमा ओ ह्योन ग्यूले अर्को गोल गर्दै दक्षिण कोरियालाई जित दिलाए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij