२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंकिङ प्रणालीबाट आज फेरि १ खर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट आज फेरि १ खर्ब खिच्दै राष्ट्र बैंक

390
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएको अधिक तरलता व्यवस्थापन गर्नको लागि १ खर्ब निक्षेप प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले आज निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तान्ने भएको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

राष्ट्र बैंकले प्रशोचन गरेको १९ दिने निक्षेप संकलन उपकरणको असार १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij