काठमाडौं– नेपाली बजारमा जेठ २९ गते, शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला पाँच हजार ३०० रुपैयाँले र चाँदी तोलामा १९० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला चार हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij