काठमाडौं – बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१४ अकंले घटेर २७२८.०३ बिन्दुमा कायम भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.०९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंक घटेको छ। आज ३५० कम्पनीको ९२ करोड ३१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज फाइनान्स समूहको १.४५ प्रतिशत, विकास बैंक समूहको ०.५१ प्रतिशत, वाणिज्य बैंक समूहको ०.२५ प्रतिशतले शेयर मूल्य घटेको छ ।
बिहिबार ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको घटेको छ । १३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै सिटी होटलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij